काठमाडौं । बुधबार सेयर बजारमा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक नेप्से ४७.९३ अंकले घटेको हो ।
योसँगै १६ अर्ब ४४ करोडको सेयर खरिदबिक्री भएको छ। कुल ३ करोड ६४ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।
बुधबार २३ वटा सेयरको मूल्य बढे पनि २२६ वटाको घटेको नेप्सेले जनाएको छ। यस दिन कारोबार सुरु भएदेखि नै सूचक झरेको थियो।


