काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । उनी बेइजिङमा हुने ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन गए राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि खनाल हेनान प्रान्तको तीन दिने भ्रमण गर्ने कार्यक्रम छ। खनालले त्यहाँको आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमुना परियोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
हेनानको कार्यक्रम सकेर नेता खनाल जुलाई ९ मा चीनको राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ।


