काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई नछोडिने प्रष्ट पारेका छन् ।
बुधबार राष्ट्रियसभामा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धि अध्ययन प्रतिवेदनमाथिको छलफलको जवाफ दिने क्रममा उनले नसोची सरकार भ्रष्टाचारको पर्याय भएको आरोप लगाउने गरिएको बताए ।
सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको जिकिर गरे । “कसैले गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिन्न,” उनले भने ।


