काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको गम्भीर, अराजनीतिक, अशिष्ट रहेको जिकिर गरेका छन् ।
केन्द्रीय समितिको बैठकमा थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भनेका छन् – ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्न।’
टेरामाक्स प्रकरणमा मुछिँदै आएर धरौटीमा छुटेका मोहन बस्नेतले केन्द्रीय बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाए पछि थापाले ती आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काएका हुन्।