काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदमा अबरोध कायमै राख्ने निर्णय गरेको ।
बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा आउनुपर्ने विषयमा अडान कायमै राख्दै सदनमा निरन्तर प्रतिरोध गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
त्यस्तै राज्य व्यवस्था समितिबाट पारित भएको निजामती विधेयक, प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसदको सार्वभौममाथि प्रहार भएको बैठकको ठहर रहेको उनले बताए।