काठमाडौं । निकै समयपछि आज सेयर बजारमा हरियाली छाएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेको हो ।
आज ३१९ कम्पनीको सेयर खरिदबिक्रीबाट २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
यसदिन तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ट्रेड टावर, शिवम् सिमेन्ट र सान्भी इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर ९.९० र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्टको ९.७६ प्रतिशतले बढ्यो।


