काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहने बताएका छन् ।
उनले शनिबार झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै विधेयक पारित गरिने जानकारी दिए ।
एमाले अध्यक्ष ओलीले देश विकासको गतिमा अग्रसर भएकोले निराशा र कुनै हल्लाको पछि लाग्नु नपर्ने बताउँदै शिक्षा र स्वास्थ्य आदिका क्षेत्रमा ठूलो परिवर्तन भएको जनताले अनुभव गरेको र अझै ठूलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट गरे ।


