काठमाडौं ।आज दिउँसो काठमाडौं महानगरपालिकाको नगरसभा हुँदैछ । उक्त सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत हुने बताइएको छ ।
गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।
राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।


