काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २५.८९ अंकले बढेको छ ।
आज नौ अर्ब ६८ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । ।
१६१ कम्पनीको सेयर मूल्य बढेको छ । ८७ कम्पनीको सेयर मूल्य घटेको छ । माईखोला हाइड्रोपावरको सेयर मूल्य ८.१५ प्रतिशतले वृद्धि भएको छ ।


