काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल हाम्रो राष्ट्रिय गौरव भएको बताएका छ्न् । उनले विहीबार सातदोबाटो एन्फा कम्प्लेक्समा स्पोर्टस् साइन्स ल्याबको उद्घाटनका क्रममा यस्तो बताएका हुन् ।
‘सरकारमा राजनीतिक दल नै आउने हो । सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो, कृषि हो भने कृषिको विकास हुनुपर्यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्यो,’ उनले भने, ‘त्यहाँ राजनीति गर्नुभएन ।’
राजनीतिका लागि खेलकुदमा स्पेस नभएकोमा प्रधानमन्त्री ओलीले जोड दिए ।


