काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे भ्रामक र आधारहीन सामग्रीको विश्वास नगर्न आ्रह गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको भ्रमणबारे उठेका विषय भ्रामक र आधारहीन भएकाले विश्वास नगर्न र गलत प्रचारप्रति सजग रहन अनुरोध गरेको हो।
स्पेनको सेभिया सहरमा आयोजित ‘विकासका लागि वित्त’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति ध्यानाकर्षण भएको मन्त्रालयले उल्लेख गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले भिजिट भिसा र प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर केही व्यक्ति नफर्किएको भन्दै मंगलबार संसदमा विषय उठाएको थियो।


