काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु नै मूर्खता हुने बताएका छन्।
उनले आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले आफूहरु सुशासन कायम गर्न, राजनीतिक स्थायित्व दिन बनेको भनेपनि त्यो अहिलेसम्म पुष्टि हुन नसकेको बताए।
संविधान संशोधन, राजनीतिक स्थिरताको अपेक्षा यो सरकारबाट गर्नु नै मूर्खता हुने जिकिर गरे। सरकार अनियमितताको ढाकछोप गर्नको लागि बनेको बताए।


