काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को पहिलो कारोबार दिन विहीबार नेप्से उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७५ दशमलव ८४ अङ्कले बढेको हो ।
आज तीन सय ११ कम्पनीको सेयर खरिदबिक्रीबाट १६ अर्ब ५९ करोड २१ लाख पाँच हजार ४५५ दशमलव १७ को कारोबार भएको छ ।
आज कारोबार भएका सबै समूहगत परिसूचक बढेका छन् ।


