काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाढीका कारण केरुङमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । रसुवागढीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि व्यवसाय र कामको लागि केरुङ गएका नेपालीहरू अलपत्र छन् ।
साथै उनीहरूलाई खाद्यान्न, बास र औषधीको समेत अभाव हुन थालेको भन्दै चीन सरकारसँग समन्वय गरेर अलपत्र नेपालीहरूलाई स्वदेश ल्याउनुपर्ने बताएका छन् ।


