काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पुराना दलप्रति जनता निराश रहेको बताएका छन् ।
उनले पार्टीको केन्द्रीय समितिको बैठकमा यस्तो धारणा राखेका हुन् । बैठकमा उनले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताएका छन् ।
‘हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन् । नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन् । यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ,’ उनले भने ।


