काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले अनुमति नलिएका शैक्षिक परामर्श संस्थालाई कारबाही गर्ने बताएका छन्।
‘उनले मंगलवार काठमाडौँमा आयोजित शैक्षिक परामर्श क्षेत्रमा सुधारका लागि चुनौती र अवसरहरू’ विषयक अन्तरक्रियामा यस्तो बताएका हुन् ।
उनले देशभर करिव १० हजार शैक्षिक परामर्श केन्द्रमध्ये आधा भन्दा बढी संस्था अनुमति बिनै सञ्चालनमा रहेका र यस्ता संस्थामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए ।
दाहालले अवैधानिक रुपमा सञ्चालित संस्थाहरू कि दर्ता हुनुपर्ने नत्र बन्द गरिने बताए। उनकाअनुसार अवैधानिक रुपमा सञ्चालित संस्थाहरूका बारेमा सरकार निर्मम रुपमा लाग्नेछ। ९० प्रतिशत संस्थाहरू अवैध रुपमा सञ्चालनमा रहेको उनको भनाइ छ।


