काठमाडौं । कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि प्रहरीले परिस्थिति आफ्नो नियन्त्रणमा रहेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए।
‘कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ’, उनले भने,’झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले उनीहरूलाई भेटघाटको व्यवस्थापन गरिरहेका छौँ ।’
कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएका झडपका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको थियो ।


