काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको गति बढाउन निर्देशन दिका छन् । उनले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन सबै मन्त्रालयलाई समेत उचित समन्वय हुने गरी आफ्नो ठाउँबाट सक्रिय योगदान दिन आग्रह गरेका हुन् ।
‘


