काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार डरबाट बनेको दाबी गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले बुधवार काठमाडौँमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै माओवादीलाई विश्वास नगरे देश नबच्ने टिप्पणी गरे।
उनले माओवादीले सरकारमा रहेर नराम्रा काम नगरेको जिकिर गरे। उनले नेपाली काँग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।
उनले माओवादीअनुसारको पाठ्यक्रम, योजना र नीतिहरू बन्नुपर्नेमा त्यसो हुन नसकेको स्विकारे।


