काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई जिल्ला कारगार भैरहवाबाट तत्काल काठमाडौंको सरुवा गर्न माग गरेका छन् ।
लिङ्देनले कारागार पुगेर लामिछानेलाई मंगलबार भेटेपछि भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त रहेको उल्लेख गर्दै काठमाडौं सरुवा गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् ।
देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको उल्लेख गर्दै लिङदेनले लामिछानेलाई तत्काल काठमाडौं सार्न उपयुक्त हुने धारणा राखेका हुन् ।


