काठमाडौं । सत्तारुढ दल (नेकपा एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरालाई सबैले मनन गर्नु जरुरी रहेको बताएका छन् ।
उनले बुधबार काठमाडौंमा स्व। प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेक लाग्दो रहेको जिकिर गरे।
प्रधानमन्त्री पाँचौँ पटक भएपनि कार्यकाल एउटा पनि पूरा गर्न नपाएको उनको भनाई छ। नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने होरु भन्दै प्रश्न गरे। राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्नेकुरा उचित नरहेको उनको भनाई थियो।


