काठमाडौं । आज (शुक्रबार) एकैदिन संघीय संसदका चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
यसरी आज बस्ने तय भएका समितिहरुमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन् ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षा’मा छलफल गर्ने कार्यसूची छ ।
आज दिउँसो साढे १२ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी आज दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । उक्त बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
यस्तै दिउँसो २:३० बजे समितिको बैठक बस्दैछ । बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।


