काठमाडौं । निकै लामो कसरतपछि बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँँले विश्वासको मत पाएका छन्
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँँले आज सदनबाट विश्वासको मत प्राप्त गरेका हुन्।
नेकपा एमालेको २७ र नेपाली कांग्रेसको ३६ गरी ६३ मत प्राप्त गरेका हुन्।


