काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका छन् । पूर्व प्रधानमन्त्री उनले शुक्रबार चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियानको तीनवर्षे घोषित कार्यक्रम समापन समारोहलाई सम्बोधनका क्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले भने, ‘स्वदेशमै गर्न सकिन्छ भन्ने सकारात्मक सोच र नेपाली इतिहास, प्रकृति र परम्परागत एवं सास्कृतिक ज्ञान, सीप र सम्पत्तिप्रति गर्व गर्ने वातावरण निर्माण गर्नुपर्छ ।’ पुँजीवादी अर्थतन्त्रको नक्कल गरेर देश अघि नबढ्ने निष्कर्ष सुनाउँदै प्रचण्डले देशलाई आत्मनिर्भरतातर्फ लैजान स्थानीय जनताको श्रम, सीप र सहभागितामा स्थानीय तहहरूले राज्यलाई घँचेट्नुपर्ने बताए ।


