काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले देशमा अराजकता ल्याउन खोजेको आरोप लगाएका छन्।
उनले शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘राजतन्त्र जस्तो अँध्यारो दिनहरू फर्काउन केही तत्त्वहरू लागिरहेका छन्। केही तत्त्वहरू देशमा अराजकता मच्याउन कुदिरहेका छन्। आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराखेका छन्। नयाँ त भर्खर खोलेका पार्टी नयाँ त हुने नै भए। जसको कुनै योगदान छैन।’
उनले देशलाई आजको स्थितिमा पुर्याउनको लागि आफूहरूले बलिदान, संघर्ष र त्याग गरेको पनि सुनाए।


