काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवा बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा राखेका हुन् ।
प्रधानमन्त्री ओलीले विपीनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको पनि बताएका छन् ।
विपिन हमास समूहको बन्धकमा छन् ।


