काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा धेरै खुसी आफू नै हुने बताएका छन् ।
सांसदसमेत रहेका उनले आइतबार काठमाडौँमा आयोजित युवासँग जनप्रतिनिधि कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।
‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, एमालेको अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौँ भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थेँ,’ महामन्त्री थापाले भने।


