काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन समयमै सम्पन्न गर्नका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएको बताएका छन् ।
उनले महाधिवेशनका लागि दैनिक सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवालाई दबाब दिन र आवाज उठाउन आग्रह गरेका हुन् ।
कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले शनिबार आयोजना गरेको नेपाली ‘कांग्रेसभित्र अपरिहार्यता, सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तरक्रियामा नेता कोइरालाले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र त्यसको प्रत्यक्ष असर देशमा पर्ने भएकाले महाधिवेशन ढिलो गर्न नहुने बताए।


