काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापतिबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको भेटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए ।
भेटमा सहभागी एक नेताका अनुसार सरकारको काम प्रभावकारी नभएकाले कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरू बदलेर नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले बैठकमा गरेका थिए । ‘केही मन्त्रीको कार्यसम्पादन राम्रो भएन । केही मन्त्रीहरू विवादित पनि भएका छन्,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘सरकार गठन भएको एक वर्ष पुगिसक्यो । नयाँ मन्त्री बनाऊँ पुरानालाई बिदा गरौँ ।’
ओलीको प्रस्तावमा देउवाले भने पार्टीभित्र समीकरण मिलाउन गाह्रो हुने बताएका थिए । ‘


