काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले धरातल छोडेर हावादारी मात्रै गफ दिएको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री उनले विहीबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन् ।
सोही विषयमा जवाफ दिंदै प्रचण्डले भनेका छन्, ‘टियू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ । त्यो बेठिक छ ।’


