काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनलाई ठगीखाने भाँडो बनाएको टिप्पणी गरेका छन्।
एमाले अध्यक्षसमेत रहेका उनले आज च्यासलमा मदन-आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ ग्रहण गराउँदै यस्तो आरोप लगाएका हुन् ।
‘त्यो त्यतिकै व्यक्तिगत बनाएको छ, व्यक्तिको हो कि परिवारको हो जस्तो,’ ओलीले भने, ‘श्रीमान, श्रीमतीको हो कि आन्दोलनको निम्ति काम गर्छ कि ? के हो त्यो ठगीखाने भाँडो बनेको छ। त्यो पार्टीका नाममा बनाइएको संस्था हो।’
उनले संस्थाहरू सबै पार्टीप्रति निष्ठावान हुनुपर्ने भन्दै संस्थालाई व्यक्तिगत जस्तो बनाउनु उचित नभएको समेत उल्लेख गरे।
‘


