काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय, प्रदेश र स्थानीय तहबाट समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् । ।
उनले मंगलबार तनहुँको भिमाद नगरपालिकामा आयोजित स्वागत एवं भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
मुलुकको समृद्धिका लागि सहमति र सहकार्य आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले स्थानीय तह नजिकको सरकार भएकाले जनताले सहज र सरल तरिकाबाट सेवा प्राप्ति गर्नुपर्ने बताए । स्थानीय तहलाई बलियो बनाउँदै सङ्घीयता सुदृढ गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको मन्त्री पौडेलको भनाइ थियो ।


