काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरेको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले एउटा मुद्दामा एक वर्ष कैद सजाय निर्धारण गरेको हो ।
अदालतले थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद र बिगो बराबरकै जरिवानाको फैसला सुनाएको हो । ।


