काठमाडौं । गत भदौं २४ गते जेनजी युवाको प्रदर्शनमा काठमाडौंमा मात्रै एक हजार बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक छ ।
विभिन्न सरकारी निकायहरुको प्रारम्भिक विवरण अनुसार आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् । दुईपाङ्ग्रे सवारी साधन त नगन्य संख्यामा आगजनी भएको अधिकारीहरुले बताएका छन् ।
आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ ।


