काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जाहेर गरेकी छन्।
उनले बीबीसीसँग कुरा गर्दै भ्रष्टाचारको छानबिन गर्न आयोग गठन गर्नेबारे मन्त्रिपरिषद्ले पूर्णता पाएपछि छलफल गरेर निर्णय गरिने स्पष्ट पारेकी छन्।
‘हामीले अनुसन्धान गरेर कारबाही गर्नेसम्म पुर्यायौँ भने पनि अर्को सरकारले अरू कामहरू गर्न सक्छ। तर त्यो बाटोचाहिँ हामी बनाउँछौँ। जसले भ्रष्टाचारविरोधी आन्दोलन गरेको छ त्यो जबसम्म अनुसन्धान हुँदैन, कारबाही हुँदैन तबसम्म यो मुलुकले निकास पाउँदैन त्यो हामीलाई लागेको छ। त्यो हामी अनिवार्य गर्नेमा छौँ’ उनले भनिन्।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले उठाएको मागमा भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुपर्ने रहेका थिए।


