काठमाडौं सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन्। उनीहरुलाई अनियमितता गरेको आरोपमा जिम्मेवारीबाट हटाइएको हो ।
सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ। कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजस्वसमेत हिनामिना भएको आशंका गरिएको छ।
कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो। त्य


