काठमाडौं । संघीय निजामति विधेयकको कुलिङ पिरियडमा छेडखानीको आरोप लागेपछि राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका कांग्रेसका रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिका निर्विरोध चयन भएका छन्।
संघीय संसदको संयुक्त समितिको सभापतिमा खतिवडालाई शुक्रबार निविरोध भएको चयन गरिएको हो।
बिहीबार कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको प्रस्ताव र एमालेका प्रमुख सचेतक महेश बर्तौलाको समर्थनमा खतिवडाले उम्मेदवारी दर्ता गरेका थिए।
राख्ने सन्र्दभमा समितिको निर्णयभन्दा फरक प्रतिवेदन तयार भएपछि खतिवडा छानबिनमा परेका थिए। छानबिन समितिले उनलाई जिम्मेवार ठहर गरेपछि साउन २८ गते राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा गरेका थिए।


