काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे योजनालाई बजेटबाट हटाउने बताएका छन् । उनले आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै यस्तो जानकारी गराएका हुन् ।
उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो।’
खनालले आफूलाई माननीय नभन्न आग्रह गरे। ‘विगतका के गरेका थियौं स्मरण नगरौं। अब गल्ती नगरौं। हामी सच्चिनै पर्छ। आवेशमा आएर बोलिरहनु आवश्यकता छैन।’


