काठमाडौं । हिजोको आन्दोलनमा सरकारले निहत्था युवाको हत्या गरेको आरोप लगाउँदै नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता शेखर कोइरालाले आफ्नो कोटाबाट मन्त्री भएकालाई राजीनामाका लागि तयारी रहन निर्देशन दिएसँगै कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
उनले राजीनामा पत्रमा यस्तो अवस्थामा पदमा टाँसिइरहन नमिल्ने बताएका छन् । यसैबीच पार्टीका महामन्त्री गगन थापाले पनि एमाले नेतृत्वको सरकारबाट अलग हुनुपर्ने धारणा राखेका छन् । त्यसका लागि आफूले सक्दो पहलकदमी लिने अठोट ब्यक्त गरेका छन् ।


