काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले केही दिनदेखि परेको अबिरल वर्षाका कारण अवरुद्ध भएका सडकलाई छिटोभन्दा छिटो खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।
मन्त्री घिसिङले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वर्षाका कारण वभिन्न राजमार्गहरू अवरुद्ध भएकाले अव क्रमश अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे ।
वर्षाको पूर्वानुमान र त्यसको आवश्यक तयारी गरेकाले ठूलो मानवीय क्षति नभएको उनले बताए । मन्त्री घिसिङले बाढी तथा पहिरोका कारण क्षति भएका संरचनाको प्राथमिकताका साथ पुनर्ननिर्माण गरिने धारणा राखे ।
त्यस्तै मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा १० करोड बराबरको क्षति भएको छ ।


