काठमाडौं । सरकारले आआफ्नो मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरुलाई शनिबारसम्म अनिवार्य कार्यस्थल पुग्न निर्देशन दिएको छ।
१७ गतेदेखि २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षात् हुने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई उक्त निर्देशन दिएको हो।
कार्यस्थल पुगेर पुर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएअनुसार सूचना निकालेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।



