काठमाडौं । आज बिहान महोत्तरीको खयरमारामा भएको बस दुर्घटनामा सख्त घाइते ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। सुरक्षा निकायले गम्भीर घाइतेको उद्धार गरी सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीमा लगि त्यहाँबाट सैनिक हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो।
घाइतेको उद्धारमा सशस्त्र प्रहरी बलले मास क्याजल्टी भेहिकल प्रयोग गरेको थियो। विपद्को समयमा उद्धारका लागि यस्तो एम्बुलेन्स प्रयोग गरिन्छ। जून एम्बुलेन्समा एकैपटक धेरै घाइतेलाई राख्न सकिन्छ । दुर्घटनास्थलदेखि बाहिनीसम्म र विमानस्थलबाट ट्रमा सेन्टरसम्म लैजान पनि सोही प्रकारको उपत्यका गणको एम्बुलेन्स प्रयोग गरेको थियो।


