काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपिन जोशीलाई जीवित फर्काउन नसक्नु पीडादायक विषय रहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले मंगलबार सामाजिक सञ्जालमार्फत सरकार, सम्बन्धित निकाय तथा राष्ट्रय र अन्तर्राष्ट्रिय तहमा भएका प्रयासबीच पनि उनलाई जीवित फर्काउन नसक्नु पीडाको विषय भएको बताएका हुन् ।साथै, उनले विपिनलाई श्रद्धाञ्जली दिँदै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।


