काठमाडौं । आज बसेको राजनीतिक दलको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ। सभामुख देवराज घिमिरेको पहलमा आज बिहान सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने दलसँग छलफलमा यस्तो धारण निकालिएको हो ।
छलफलका क्रममा एमालेले संसद पुनर्स्थापनामा जोड दिएको छ। अन्य दलहरुले सरकारले निर्वाचनको वातावरण बनाए आफूहरू निर्वाचनमा जान तयार रहेको धारणा राखेका थिए ।
छलफलपछि कांग्रेस नेता श्याम घिमिरेले प्रतिनिधिसभा विघटन असंवैधनिक रहेपनि अबको निकास संसद पुनर्स्थापना वा निर्वाचन नै भएको बताए। सरकारले निर्वाचनको उचित वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने उनले बताए।


