काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनपछि बन्द रहेको राहदानीसम्बन्धी सेवा आजदेखि सुरु भएको छ ।
गत भदौ २३ र २४ गते भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आगजनीका कारण रोकिएको राहदानी सम्बन्धी सेवा आजदेखि दुई सिफ्टमा सञ्चालन हुनेछ ।
बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा राहदानी सेवा सञ्चालन हुने उनले जानकारी दिए । अनलाइन आवेदन फारम भने साँझ ५ बजेसम्म खुल्ने छ । सेवाग्राहीको अत्यधिक चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु पाँच बजेभित्रै उपस्थित हुनुपर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।


