काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसमेत ७ जना र निर्माण सेवा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।
आयोगले आज ८१ लाख ५३ हजार ६३०रुपैयाँ ५१ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्ती, इन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत अनिश शाह, कानून अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत, नायब सुब्बा कृति बहादुर थापा र थापारसविनरसुदर्शन जेभी, खलगां ४ जाजरकोट र उक्त जेभीका आधिकारिक प्रतिनिधि थापा निर्माण सेवाका प्रोप्राइटर दिप बहादुर खत्रीविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ।


