काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकार निर्वाचन गर्न गम्भीर नभएको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले फागुन २१ गते तोकिएको निर्वाचनको तयारीका लागि सरकारले सकारात्मक माहोल बनाउन नसकेको आरोप छ। प्रवक्ता महतले राष्ट्रपति रामचन्द्र पौडेलले आज बोलाएको दलहरूको बैठकमा यस विषयमा गम्भीर छलफल गरिने बताए।
नेता महतले जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि आयोगले निष्पक्ष काम गर्नुपर्नेमा जोड दिए । आन्दोलनका क्रममा देशव्यापी घटेका घटनामा संलग्न जोकोहीलाई तत्काल कानुनको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।


