काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जिल्लाका सबै सरकारी कार्यालय अनिवार्य खोल्न निर्देशन दिएको छ । काठमाडौंले आइतबार राति सूचना जारी गर्दै सोमबार बिहान १० बजे सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूमा सेवा प्रवाह पुनः सुरु गर्न निर्देशन दिएको हो ।
लगातारको वर्षा भइरहेको भन्दै गृह मन्त्रालयले यस अगाडि सूचना जारी गर्दै आइतबार र सोमबार बिदा दिएको थियो। तर गृह मन्त्रालयले पुन: आइतबार साँझ विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा नियमित सञ्चालन गर्न प्रशासनलाई निर्देशन दिएपछि बिदा खारेज भएको हो।



