काठमाडौं । भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले विभिन्न राजनीतक दल, व्यक्ति तथा संघ संस्थालाई आन्दोलनमा भएको क्षतिको विवरण पठाइदिन आग्रह गरेको छ।
आइतबार विज्ञप्ति प्रकाशित गरी आयोगले ‘सो सन्दर्भमा उक्त प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण तपसिल बमोजिमको ढाँचामा आयोगको इमेल ठेगाना मा पठाउनहुन साथै घटनालाई पुष्ट्याई गर्ने प्रमाणहरु जस्तै श्रव्यदृश्य, फोटो र कागजातहरु भए सो समेत यस आयोगमा उपलब्ध गराउन हुन’ अनुरोध गरेको छ।
आयोगले क्षतिको विवरण पठाउने ढाँचा समेत सार्वजनिक गर्दै घटनालाई पुष्टि गर्ने प्रमाणहरू जस्तै श्रव्यदृश्य, फोटो र कागजातहरू भए सो समेत उपलब्ध गराउन अनुरोध गरेको छ ।


