काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पुराना दलले रूपान्तरण गर्न नसकेकाले नयाँ विकल्पको आवश्यकता परेको बताएका छन् ।
शर्माले जेनजी आन्दोलनपछि पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा सुधारका संकेत नदेखिएपछि नयाँ दल गठन गरिएको स्पष्ट पारेका छन् । उनले पुराना दलहरू नातावाद, कृपावाद र भ्रष्टाचारमा गुम्सिएको आरोप पनि लगाए।
राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एकता घोषणासभामा शर्माले जनयुद्ध लडेका माओवादीले पनि आफ्नो क्रान्तिकारी छवि जोगाउन नसकेको टिप्पणी गरे।
‘


